प्रदेश ३ को राजधानी सम्बन्धी कार्यविधि संसदबाट पारित

हेटौंडा, ८ जेष्ठ । ३ नम्बर प्रदेशको राजधानी सम्बन्धी कार्याविधि संसदबाट पारित भएको छ । नेकपा ३ नम्बर प्रदेशका संसदीय दलका सचेतक रामेश्वर फुँयालको प्रस्तावमा संसदको सर्वसम्मत रुपमा पारित भएको हो ।
यस्तै बुधबार नै भएको प्रदेश सभाको राजधानी सम्बन्धी कार्यविधि पनि पारित भएको छ । बुधबारको प्रदेश सभाको वैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि पनि छलफल भएको थियो । ३ दिन देखि जारी छलफलमा बुधबार १५ जना प्रदेश सभा सदस्यहरुले आफ्नो मत राखेका थिए ।

यस्तै प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकरामज जम्मकट्टेल पेश गरेका प्रदेश स्तरमा विभुषण सिफारिस तथा सम्मान गर्न कानुनी व्यवस्था गर्न बनेको विधेयक पनि पेश भएको छ ।

उक्त विधेयक माथि सैद्धान्तिक छलफल भएको हो । यस अघि ३ नम्बर प्रदेश सभाको बुधबारको वैठकमा चितवनको घटनालाई लिएर संसदमा चर्काे आवाज उठाएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड घटनामा प्रहरी सहायक निरिक्षक कल्पना खड्का जलेर घाईते भएको विषयले संसदमा हंगामा मच्चाएको हो । वैठक भोली ११ बजे सम्मको लागि स्थगित भएको छ ।