महालक्ष्मी बैंकको वार्षिक उत्सवमा मञ्जुश्री केन्द्रलाई सहयोग

चितवनको जेठ ०८ । महालक्ष्मी विकास बैंक लिमिटेड नारायणगढ शाखाले मञ्जुश्री असाह्य संरक्षण केन्द्रलाई सहयोग गरेको छ ।
बैकको २५ औँ वार्षिकउत्सव समारोहको अवसर पारेर सामाजिक उक्तरदायीत्व अन्र्तगत रहेर संस्थाले संरक्षण गृहमा रहेका बालबालिकाहरुलाई आवश्यक पर्ने स्कुल जुता, चप्पल, स्याम्पु, सर्फ, खाजा सामग्रीहरु वितरण गरेको महालक्ष्मी बिकास बैकका शाखा प्रमुख विरेन्द्रकुमार चौधरीले बताउनु भयो ।
संरक्षण गृहमा रहेका बाबु नानीहरुलाई सहयोग गर्न पाउदा खुसी लागेको भन्दै आउदा दिनमा पनि यी अवोध नानी बाबुहरु जस्ले थाहा नै नपाईकनै आफ्नो घर परिवार गुमाउनु परेको छ उनीहरुलाई सक्दो सहयोग गर्ने चौधरीले बताउनु भयो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दिपेन्द्रकुमार शाहाले राज्यले गर्नुपर्ने काम एक व्यतmीले गरेको भन्दै कानुन भन्दा माथि कोही पनि नरहेको बताउनु भयो ।
अवोध नानीबाबुहरु संरक्षण गृहसम्म आउनु निकै दुखद भएको भन्दै घर परिवारका सदस्यहरु जिम्मेवार भएर आफ्ना बालबच्चाको रेखदेख र पालन पोषण गर्नु पर्ने बताउनु भयो ।
यस संरक्षण केन्द्रमा अनाथ तथा असाह्य बालबालिकाहरु रहदै आएका छन् । विगत पाच वर्ष देखि सञ्चालन भएको यस संस्थाले अहिलेसम्म १ सय ८० जनालाई उद्धार गरीसकेको संस्थाकी अध्यक्ष मञ्जु खाडले बताउनु भयो ।
संरक्षण केन्द्रले अहिले भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेस्थानमा आफ्नै भवन बनाउदै छ ।
हस्तान्तरण कार्यक्रममा महालक्ष्मी बिकास बैक नाराययणगढ शाखाका रेशमलाल सापकोटा, जिल्ला प्रहरी कार्यालय चितवनकी महिला सेल इन्चार्ज प्रहरी निरिक्षक प्रमिला श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
त्यसैगरी महालक्ष्मी विकाश बैंक लि.हाकिमचोक शाखाले चितवनको भरतपुर हस्पिटललाई सामाजीक उत्तरदायित्व अन्तरर्गत चार थान फलामको वेन्च हस्तान्तरण गरेको छ ।
बैंकको २५ औ वार्षिकउत्सवको अवसर पारेर एक औपचारीक कार्यक्रम विच भरतपुर हस्पिटलका सुपरिटेन्डन डा. विश्व बन्धु वगालेलाई हस्तान्तरण गरिएको महालक्ष्मी विकास बैक हाकिमचोक शाखा प्रवन्धक अजयकुमार सापकोटाले जानकारी दिनुभयो ।
बैक आधुनिक बैकिङ्ग प्राणीमा गएको, निक्षेप, कर्जाको आधारमा बैक नेपालको पहिलो बिकास बैक रहेको तथा हाल सम्म ९७ शाखा रहेको सो अवसरमा जानकारी दिईएको थियो ।