चितवनमा २० बर्षेले गरे तेह्र बर्षिया वालिकालाई करणी

चितवन, ८ जेष्ठ । जिल्ला प्रहरी कार्यालय चितवनमा १३ बर्षिया वालिकालाई जवरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता भएको छ ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६ कि १३ बर्षिया वालिकालाई स्थानीय २० वर्षीय युवकले जवरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता भएको हो ।
बालिकालाई गत चैत ३० गते जवजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार आरोपी फरार रहेको र खोजी कार्य जारी रहेको छ ।