विप्लवका ८ जना कार्यकर्ताले सिडियो वस्नेतसगँ आत्म समर्पण गर्दै पार्टी परित्याग

 

चितवन,८ जेष्ठ । सरकार द्धारा प्रतिवसिन्धत नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका दुई जना नेताहरुले आज जिल्ला प्रशासन कार्यालय चितवनमा आत्मसमर्पण गरेका छन् ।
पार्टीलाई प्रतिबन्ध लगाए पछि पक्राउ परेका दुई नेताले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सामु आत्म समर्पण गरेका हुन् ।

आत्मसमर्पाण सहित पार्टी परित्याग गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा पार्टी परित्याग गरेपछि जिल्ला प्रहरी कार्यालय चितवनमा आई नेपालको संविधानलाई सिरोधार गरि काम गर्ने र अबदेखि यस्तो कार्यमा संलङ्न नहुने उनिहरुले वताएका छन् ।
पार्टी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य पुरन राई र जिल्ला ईन्चार्जका अंग रक्षक विर वहादुर तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार उनीहरुसंगै पक्राउ परेका अन्य एक जना भने जिल्ला कारागार चलान भएका छन् ।
तीनै जनालाई जनही ५ ५ हजार रुपैंया धरौटी तोकीएको थियो । कारागार चलान हुनेमा शिव वहादुर गौतम रहेका छन् ।
यी दुई जनासंगै जिल्लामा अहिले सम्म ८ जनाले पार्टी परित्याग गरेर आफ्नो व्यवसायमा फकिएको रेग्मीले जानकारी दिनुभयो ।