नेकपा प्रदेश ३ का अध्यक्ष दाहालसहितको टोलीले अस्पताल पुगेर घाईते प्रहरी खड्कालाई भेटे

चितवन,८ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहालले भरतपुरस्थित गोन्द्राङ ढाडमा आक्रमणमा परि घाईते हुनुभएकी प्रहरी सहायक निरिक्षक कल्पना खड्काको स्वास्थ्य स्थिति बुझ्नुभएको छ । अध्यक्ष दाहालले अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझ्न भएको हो ।

अध्यक्ष दाहालले खड्काको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै जतिसक्दो आक्रणमा संलग्नहरुको खोजी र छानविन गरि कारवाही गर्न आग्रह गर्नुभयो । जनताको सुरक्षार्थ खटीएको प्रहरी माथि हमला गर्ने जनुसुकै भए पनि कारबाही गर्न दाहालको माग छ ।

खड्काको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष दाहाल संगै नेकपा प्रदेश ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्य,प्रदेश सचिव आनन्द पोख्रेल, प्रदेशका कानुनी तथा आन्तरिक मामिला मन्त्री शालिक राम जमरकटेल , संसद बिजय सुवेदी प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख एसपी शुसिल सिहं राठौर अस्पताल पुगेका थिए ।

आफ्नै गृह जिल्लामा आउँदा समेत पटकै पिच्छे कर तिर्नुपर्ने बाध्यताले आजित याहाँका स्थानियले गत शुक्रबार बिहान ११ बजे ढाँटमा आगो लगाएका थिए । आगजनीबाट ढाट पुर्णरूपमा क्षती भएको छ ।