चितवनमा मकैबारीमा भेटियो चौधरीको लाश, प्रहरी तनावमा

 

चितवन, ८ जेठ । पश्चिम चितवन अन्र्तगत भरतपुर महानगरपालिका वार्ड नम्बर ५ तोरीखेतमा बुधबार बिहान अन्दाजी ६० बर्षको रामकुमार चौधरीको लाश भेटिएको छ । तोरीखेत स्कुल पछाडी मकै बारीमा चौधरीको लाश भेटिएको हो ।

सोहि वार्डको नारायणपुरमा विगत ८ १० बर्ष देखि टेक्टर चलाएर बस्ने चौधरी चार दिन देखि हराएका थिए ।
मदन बहादुर क्षेत्रीको घरमा टेक्टर चलाएर बस्ने चौधरीको अत्यधिक रक्सीको कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । क्षेत्रीले चौधरीको घर पुर्वी चितवनको सुल्ताना भएको बताए ।

मृतकको अवस्था हेर्दा केहि दिन अघि नै मृत्यु भएको र घामले शरीरको भाग डड्नुको साथै गलेको पनि छ ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरि सकेको हुनाले सत्य कुरा छिट्टै बाहिर आउनेछ । भने गोन्द्रगं काण्ड सेलाउन नपाउदै यसरी रहस्मय तवरले लास फेला परेपछि चितवन प्रहरी तनावमा छ ।