प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु

भाेजपुर, ८ जेठ । प्रहरीको गोली लागेर घाइते भएका नेपाल कम्युनिष्ट पार्टी विप्लवका एक कार्यकर्ताकाे मृत्यु भएकाे छ । प्रहरीकाे गाेली लागेर घाइते भएका षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरेकाे मृत्यु भएकाे हाे ।

मंगलबार दिउँसो भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा विप्लवका कार्यकर्ता र प्रहरीबीच मुठभेडका क्रममा गाेली लागेकाे प्रहरीले बताएकाे छ ।

उनकाे प्रारम्भिक उपचारपछि थप उपचारका लागि लैजाँदै गर्दा बाटाेमै मृत्यु भएकाे प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

विप्लवका केही कार्यकर्ता हतियारसहित त्यसक्षेत्रमा रहेकाे भन्ने सूचनाकाे आधारमा त्यहाँ पुगेकाे प्रहरी टाेलीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गरेकाे प्रहरीले दाबी गरेकाे छ ।

विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएपनि ज्यान नै गएको याे पहिलाे घटना हाे । यता विप्लव समूहले सरकारले आफूमाथि लगाएकाे प्रतिबन्ध नहटाए कडा प्रतिराेध गर्ने चेतावनी दिँदै आएकाे छ ।