चार घण्टाको बीचमा दुई भूकम्प ,केन्द्रविन्दु एकै ठाउँ

काठमाडौँ, ८ जेठ । गण्डकी प्रदेशको लमजुङमा बिहानीपख फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहानको राति ३ बजेर २८ मिनेटमा ३ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लमजुङको सदरमुका वेशिशहर बेसीसहर नपा ३, गाउसहर दरबार मुनी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका चिन्तन तिमल्सिनाले दैनिकीलाइ जानकारी दिए ।

त्यसअघि गएराति पनि सोही ठाउँमा केन्द्रविन्दु भएर ४ दशमलब १ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महशुष भएको थियो । तिमल्सिनाले यो गोर्खा भूकम्पकै परकम्प भएको बताएका छन ।