मोहना स्कुलको काठ चोरी

चितवन ७ जेष्ठ । पूर्वी चितवनको रत्ननगर वडा नं.९ मा रहेको मोहना मा।वि मोहनामा गए राति स्कुलमा रहेको सकुवा ९सालको०काठ चोरी भएको छ ।
रातको करिब १ देखि २ बजेको समयमा ७ ÷८ जनाको समुहले स्कुलको उत्तर तिरको कम्पाण्डबाट छिरि काठ चोरी गर्न आएको हुन सक्ने स्थानीयबासी बताउछन् ।
स्कुलको पश्चिम पट्टिको पुरानो भवनमा स्टोर गरि राखिएको पुरानो सालको काठ ठुलो मात्रमा निकाली स्कुलको प्रङ्गणमा भित्र २६ थान, स्कुलको कम्पाण्ड बाहिर मकै बारिमा १७ थान गरि ४३ थान काठ चोरि गर्न लाग्दा लाग्दै स्थानीयबासीले थाहा पाएपछि चोरले उतm काठ छोडी भागेको स्थानीय बासी मनोज श्रेष्ठ बताउछन ।
कति मात्रमा काठ थियो, कति थान चोरि भयो यकिन विवरण आउन बाँकि नै छ । चोरी भएको इलाका प्रहरी कार्यालय रत्ननगरलाई जानकारी भए लगतै प्रहरी प्रशासनले पनि तिव्र रुपमा चोरिमा संलग्न व्यतिmहरुको खोजतलास भैरहेको जनाएको छ ।