स्मल हेभन स्कुलमा “नमुना चुनाव”

चितवन, ७ जेठ ।  स्मल हेभन स्कुल कल्याणपुर, चितवनमा विद्यार्थी परिषद्को विद्यार्थी प्रतिनिधि छनौटका लागि गरिने निर्वाचन सम्पन्न भएको छ ।
परिषद्का छात्र प्रमुखमा उमेदवार श्री राजेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने छात्रा प्रतिनिधि तर्फ छात्राहरू श्री सुनिला पाँडे र अर्चना पाण्डे मतदान प्रक्रिया मार्फत् प्रतिष्पर्धा भएको थियो ।


छात्रा प्रमुख का लागि गरिएको उक्त मतदानमा कुल ११२५ विद्यार्थी मतदाता रहेका थिए । उक्त मतदानमा कुल ९८ प्रतिशत मत खसेको थियो भने ३० भोट बदर भएको कुरा विद्यालयका शिक्षकद्वय सुरेन्द्र कुमार बराल तथा गोपीराम तामाङ मतदान अधिकृत र सहायक अधिकृतद्घारा जानकारी गराउनु भयो । सदर भोट १०७२ मध्ये सुनिला पाँडेले ५६९ भोट प्राप्त गरी मा निर्वाचित भइन् ।
उनकी प्रतिस्पर्धी अर्चना पाण्डेले ५०३ भोट प्राप्त गरेकी थिइन् । विद्यार्थीहरूलाई मतदान प्रक्रिया तथा यसको महत्त्व सिकाउने उद्देश्यले साथै विद्यार्थीहरूमा सामाजिक चेतना जगाउन तथा समाजमा आफ्नो महत्त्व बुझ्न सकून् भन्ने उद्देश्यले राखिएको कुरा विद्यालयका प्राचार्य श्री गणेश थापाले जानकारी दिनुभयो ।