नर्सका माग पूरा गर्न सरकारकाे ध्यानाकर्षण

काठमाडाैं, ०७ जेठ । सांसद बालकृष्ण खाणले पेशागत हकहितको माग गर्दै आन्दोलनरत नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वती डिसी चौधरीले पनि नर्सहरु पेशागत हकहितका लागि शान्तिपूर्ण आन्दोलनमा रहेको बेला प्रहरीबाट हस्तक्षेप भएको छ भन्दै नर्सका उचित मागको सुनुवाइ गर्न आग्रह गरिन् ।

सांसद पदमनारायण चौधरीले स्थानीय सरकारका कामकारवाहीप्रति निगरानीको आवश्यकता औंल्याए । सांसद पार्वतीकुमारी विशुङ्खेले दैलेखमा असिना र हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिपूर्तिप्रति ध्यानाकर्षण गराउँदै किसानलाई उचित राहतको व्यवस्था गर्न माग गरिन् । सांसद प्रमोद साहले सङ्घीयतानुसार बजेटको बाँडफाँट नभएको टिप्पणी गर्दै प्रदेशमा कर्मचारीको अभाव रहेको गुनासो गरे ।