उमेर अनुसार यस्तो हुन्छ मानिसको यौन व्यवहार

एजेन्सी । सुखमय दाम्पत्य जीवनका लागि आनन्ददायक यौन क्रिया अत्यावश्यक हुन्छ । तर, हरेक उमेरमा यौन चासो, यौन रुची र यौन व्यवहार उस्तै हुँदैन । एउटा निश्चित उमेर–अवधिमा यसमा पनि परिवर्तन हुँदै जान्छ ।

किशोरावस्थामा- किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तीब्र गतिमा बढ्छ । जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुने गर्छ ।

सेkक्सका लागि सबैभन्दा बढी फेन्टासी, ड्रिमिङ पनि यही उमेरमा हुने गर्छ । किशोरीको यौन इच्छा धेरैजसो रोमान्स, फोरप्ले वा पार्टनरको भावनात्मक लगावमा निर्भर गर्छ ।

त्यस्तै किशोरहरु फिल्म, पुस्तक, कुराकानीको माध्यमबाट यौनको जानकारी प्राप्त गर्छन् । उनीहरुको जीवनमा सेक्स भावनात्मक भन्दा शारीरिक रुपमा प्रकट हुने गर्छ । किशोरीले पनि फिल्म, पत्रपत्रिकाबाट सेक्स सम्बन्धी आफ्नो धारणा बनाउने गर्छन् ।

२० देखि ३५ को उमेरमा- यस उमेरमा सेक्सुअल सन्तुष्टिका लागि मनमा धेरै उत्साह एवं उत्तेजना हुन्छ । एकअर्कासँग छुन, चल्न, अंगालोमा बाँध्न र यौन सम्पर्क गर्न बढी रुची हुन्छ । यस उमेरमा युवती आफ्नो इच्छा खुलस्त बताउँदैनन्, दबाएर राख्छन् । उनीहरु आफ्नो पार्टनर नै अग्रसर भएको रुचाउँछन् । कतिपय अवस्थामा युवतीमा तीब्र यौन इच्छा हुन्छ, तर उनीहरु व्यक्त गर्न सक्दैनन् ।

३५ देखि ५० को उमेरसम्म- यो उमेरमा यौनप्रतिको झुकाव क्रमशः कम हुँदै जान्छ । तर, उनीहरुको इच्छामा भने कमी हुने होइन । तर, उनीहरुको यौन जीवन शारीरिकबाट माथि उठेर भावनात्मक मोडमा पुग्छ ।

महिलामा हर्मोनल परिवर्तन सबैभन्दा बढी यस उमेरमा हुने गर्छ । उनीहरुको मुड बदलिन सक्छ । स्वास्थ्य समस्याले यौन जीवन प्रभावित पार्न सक्छ । एक सर्भेक्षणले के पनि बताएको छ भने, ३५ को उमेरपछि महिलाहरु यौनक्रियामा बढी सन्तुष्ट महशुस गर्छन् ।

असुरक्षित यौनसम्बन्धमा यो हो घरेलु विकल्प- काठमाडौं । कृतिम औषधिबाट तपाईं आफ्नो शरीरमा हुने ‘साइड इफेक्ट’बाट बच्न चाहनु हुन्छ भने तपाईंका लागि आयुर्वेदमा अनेकन उपाय भेटिन सक्छ । यस्तैमा, गर्भ निरोधका लागि अरन्डिको दाना सेवन पनि एउटा उपाय हो । यो हाम्रै गाउँघरमा पाइने बिरुवा हो ।

तपाईंले यो बिरुवा देखिरहनु भए पनि यसको फाइदा तपाईंलाई थाहा नहुन सक्छ । आजभोलि बजारमा पर्याप्त मात्रामा गर्भनिरोधक औषधि उपलब्ध भए पनि अत्यधिक मात्रामा गर्भनिरोधक औषधि प्रयोगले तपाईंको शरीरमा नकरात्मक असर पर्न सक्छ । त्यसो त अरन्डि अर्थात केस्टरको दाना सेवनको कुनै पनि साइड इफेक्ट नभए पनि यसको सेवन गर्नु पहिले अनुभवी आयुर्वेदिक डाक्टरसँग सही मात्रामा सेवन गर्ने सल्लाह लिएर यसको फाइदा लिन सक्नु हुन्छ ।

प्रयोग गर्ने तरीका- सबैभन्दा पहिला केस्टर अर्थात अरन्डिको बिउ फुटाउनुस् । त्यसपछि भएको बिउको सेतो भाग निकाल्नुु होस् । बिउलाई एक गिलास पानीसँग खानुहोस् । यसले आइ–पिलले झैँ काम गर्छ । यदि महिलाले यौन सम्बन्ध भएको ७२ घण्टाभित्र सेवन गरे यसले आइपिलले जस्तै गर्भ निरोधक औषधिको काम गर्नेछ ।