धनुषामा एनआईसी एशिया बैंकः ग्रामीण क्षेत्रमा बैंकिङ सेवा विस्तार

धनुषा,६ जेठ । एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम स्थानहरु बैकिङ सेवा विस्तार गर्ने आफ्नो योजना अनुसार धनुषाको जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

जनकपुर उपमहानगरपालिकाको वडा नं। ८ पिडारी चोकमा बैंकले हिजो एक भव्य समारोहबीच आफ्नो नयाँ शाखा उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए ।

बैंकको शाखा विस्तार र सेवा सुविधाबारे जानकारी दिदै बैकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले हिजो एक विज्ञप्ति जारप् गरेका थिए ।

उक्त विज्ञप्ति अनुसार बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसालाई जीवन्त राख्ने बताइएको छ ।

बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आफुलाई मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका रुपमा घोषणा गरेको छ ।

उक्त बैंक करिब १६ लाख ग्राहक साथ सञ्चालनमा रहेको र बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बताइएको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास बैंकले पालना गर्दै आएको बताइएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको समेत विज्ञप्तिमा जनाइएको छ ।