गोन्द्राङ ढाट आगजनीमा मेरो कुनै संलग्नता छैन : प्रदेश सांसद खनाल (विज्ञप्ति सहित)

चितवन ६ जेठ । चितवनको भरतपुर महानगरपालिका गोन्द्राङमा रहेको ढाटमा भएको आगजनी घटनामा आफ्नो नाम मुछेर अनावश्यक अर्नगल प्रचार गरिएको भन्दै प्रदेश सांसद कृष्ण खनालले आपत्ती जनाएका छन् ।
खनालले आज एक प्रेस विज्ञप्ति प्रकासित गर्दै सांसदको संलग्नतामा ढाटमा आगजनी भएको प्रहरीमाथि आगजनी भएको भन्दै प्रचार गरिएको भन्दै आपत्ती जनाएका हुन् । जारी विज्ञप्तिमा दासढुङगामा भएको कार्यक्रम सकेर रत्ननगर घरमा जाने क्रममा ढाटमा भेला भएका भिडले जनप्रतिनिधिले बोल्नु पर्ने भन्दै रोकेपछि आफू त्यहा रहेको जनाएको छ । भरतपुर सदरमुकाम आउने जाने क्रममा ढाटमा रहेको कर्मचारीले पटकपटक शुल्क लिएर दुःख दिएको भन्दै हटाउन माग गरिएको थियो ।
सोही विषयलाई लिएर सडक प्रयोगकर्ताहरु भिड भएपछि त्यसलाई समाधान गर्ने उद्देश्यले आफू त्यहाँ रहेको उहाले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । जनप्रतिनिधिको हैसियतले भिडलाई सामान्य बनाउन आफू त्यहाँ भएको वेला भिडबाट कसैले अकस्मात फालेको पेट्रोल लागेर सुरक्षाकर्मी कल्पना पौडेल घाइते भएको घटनाले आफूलाई दुःख लागेको जनाएको छ । साथै उनले घाइते प्रहरीको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । आगजनी गर्ने उद्देश्य आफ्नो नभएको, भिडलाई उत्तेजित पार्ने उद्देश्य आफ्नो नहुदा पनि घटनामा जवरजस्ती दोषी ठह¥याएर आफ्नो मान मर्दन गरेको भन्दै उहाले आपत्ती जनाएको छ ।
यस्तो घटनालाई लिएर केही सञ्चारमाध्यमले मेरो भनाइसमेत नराखी ‘सांसदको संलग्नतामा प्रहरीमाथि आगजनी’ भन्नेजस्ता अतिरन्जित, अनर्गल र कपोलकल्पित ढंगले समाचार सम्प्रेषण भएको भन्दै आपत्ती जनाएको छ ।

प्रेस विज्ञप्ति
मिति ः २०७६।०२।०६
भरतपुर महानगरपालिकास्थित गोन्द्राङ ढाटको आगजनीको घटनाप्रति अतिरंजित ढंगले सांसद्को संलग्नता भन्दै विभिन्न सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालमा मेरो नाम जोडिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
मिति २०७६ जेठ ३ गते मदन–आश्रित स्मृतिसभाको कार्यक्रम सकी दासढुंगाबाट मेरो घर रत्ननगर–१० तर्फ फर्किने क्रममा सो कर संकलन ढाटमा पुग्दा म पुग्नु भन्दाअगावै ढाटमा भेला भएका केही मानिसहरुको समूहले तपाई हाम्रो जनप्रतिनिधि भएकोले बोलिदिनु प¥यो भनी आग्रह गरेपछि एउटा जनप्रतिनिधिको हैसियतले सामन्जस्य ल्याउने उद्देश्यले केही कुरा बोल्दै गर्दा भीडबाट कसैले अकस्मात फालेको पेट्रोलमा लागेको आगोले प्रहरी कर्मचारी असई कल्पना पौडेल घाइते हुनुभएको हो । उक्त घटनाप्रति म अत्यन्त दुःख व्यक्त गर्दछु र, घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु । यस्तो घटनालाई लिएर केही सञ्चारमाध्यमले मेरो भनाइसमेत नराखी ‘सांसदको संलग्नतामा प्रहरीमाथि आगजनी’ भन्नेजस्ता अतिरन्जित, अनर्गल र कपोलकल्पित ढंगले समाचार सम्प्रेषण भएको पाइएकोले म अत्यन्त दुःखी भएको छु । उक्त घटनामा मेरो संलग्नता भनी सम्प्रेषण गरिएको समाचारप्रति म घोर भत्र्सना र खण्डनसमेत गर्दछु । 
पत्रकारिता सत्यतथ्यमा आधारित, जिम्मेवारी र जवाफदेहितासहितको हुनुपर्दछ, यो लोकतन्त्रको सबल पक्ष पनि हो । सत्यतथ्यभन्दा बाहिर गएर गरिएको पत्रकारिताले लोकतन्त्रलाई बलियो पक्कै बनाउँदैन भन्ने मेरो मान्यता रहेको छ ।
पूर्वी चितवनका जनता पटकपटक जिल्ला सदरमुकाम भरतपुर आवात जावत गर्ने क्रममा उक्त ढाटमा विवादहरु सिर्जना हुने गरेका छन् । र सरोकारवालाहरुले विगतदेखि नै उक्त ढाट हटाउन माग गर्दै आएको कुरा सर्वविदितै छ । 
वास्तवमै सडक करको नाममा जिल्लाभित्रकै अर्काे नगरका जनतालाई प्रत्यक्ष असर पर्ने गरी ढाट राखिनु सर्वथा उचित होइन । बाहिरी जिल्लाको अवस्था हेर्ने हो भने पनि जिल्लाका शून्य स्थानमा नै ढाट रहेको पाइन्छ । अर्काेतर्फ यो ढाट राखिएको स्थान निकुञ्जबाट महाभारततर्फ जाने वन्यजन्तुको प्राकृतिक बाटो (कोरिडोर) भित्र परेको सर्वविदितै छ । यसअघि टिकौली चौरमा शिलान्यास समेत भइसकेको रंगशाला वन्यजन्तुलाई असर पर्ने भन्दै वन कार्यालयले रोक लगाएको अवस्था छ भने हालै टिकौलीमा बनेको शौचालयसमेतको प्रयोगमा वनले नै वन्यजस्तुलाई असर पर्ने भन्दै रोक लगाएको छ । यसरी पूर्वी चितवनका जनता र राष्ट्रिय निकुञ्लाई प्रत्यक्षरुपमा असर पार्ने उक्त ढाट यथासम्भव जिल्लाको शून्य स्थानमा स्थानान्तरण गर्नुपर्छ भन्ने मेरो माग पनि हो । 
यसर्थ ममाथि लगाइएका सबै आरोपहरु झुठा र आएका समाचार अतिरन्जित भएको सम्पूर्ण सञ्चारमाध्यम र जनसमुदायलाई जानकारी गराउँदै सोहीअनुसार सम्प्रेषण गरिदिन हुन आग्रह गर्दछु, र हालमा गोन्द्राङमा रहेको सडक कर उठाउँदै आइएको उक्त ढाट जिल्लाको शून्य स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।

(कृष्णप्रसाद खनाल)
केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी
सांसद, प्रदेशसभा
चितवन क्षेत्र नं. २ ख