ईन्द्रेणी कलेजको वृद्धाश्रममा सहयोग

 

चितवन, जेष्ठ ४ । आज ईन्द्रेणी कलेज भरतपुरले बुद्ध पुर्णिमाको अवसर पारी सामाजिक उत्तरदायित्व बहन गर्ने हेतुले देवघाट धामको एक वृद्धाश्रममा सहयोग गरेको छ ।
ग्रिष्म र वर्षायाममा लामखुट्टेको टोकाईबाट धेरै रोग लाग्ने सम्भावना भएको हुनाले उक्त अवस्था सिर्जना हुन नदिनको लागि कलेजले “देवघाट समाज कल्याण केन्द्र” वृद्धाश्रमका ३२ जना वृद्धवृद्धाहरुलाई एक एक थान झुल वितरण गरेको हो ।
यसका साथै संस्थानले सरसफाईका निम्ति आवश्यक पर्ने साबुन सरफजन्य सामग्री र केहि आर्थिक सहयोग समेत प्रदान गरेको छ ।


कलेजका सह प्रधानाध्यापक राम विनय गुप्ताको अगुवाइमा संचालन गरिएको उक्त कार्यक्रममा कलेजका कर्मचारी, शिक्षक र विद्यार्थीहरुको संलग्नता रहेको थियो ।
वृद्धाश्रम सहयोग कार्यक्रमको अलावा इन्द्रेणी कलेजले वातावरण स्वच्छ राख्न वृक्षरोपण, सार्वजनिक स्थानको सरसफाई गर्ने जस्ता कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ्र ।
गुप्ताले आफ्नो अगुवाईमा वृद्धवृद्धाहरुलाई सहयोग गर्ने कार्यक्रम गर्न पाएकोमा आफुँ निकै खुसि भएको कुरा खुलासा गर्नुभयो्र उहाँ भन्नुहुन्छ , ”हाम्रो सानो सहयोगले उहाँहरुको दैनिक जीवन यापनमा केहि सहजता होस् भन्ने हाम्रो चाहना हो र आज सम्पूर्ण बुवाआमाबाट आशिर्वाद पाउँदा यस्ता कार्यक्रम अझ बढी गर्ने जाँगर मिलेको छ । ”