लेक लागेर १ जनाको मृत्यु

हुम्ला , ५ जेठ ।

जिल्ला नाम्खा गाउपालिका ५ मा पर्ने नारा लेकमा आईतबार लेक लागेर १ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नाम्खा गाउपालिका ६ तिलगाउका ६९ बर्षिया छिरीङ लामा रहेका छन ।

हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुले पछि केही दिन अगाडि काठमाडौंबाट सिमकोट आएका लामा ४,५ दिन सिमकोट बसेर आफ्नो घर तिलगाउ जाने क्रममा झन्डै ५ हजार मिटर उचाइको नारा लेकमा लेक लागेर उनको मृत्यु भएको सिमा चौकी हिल्सा लाई उद्धृत गर्दै हुम्ला जिल्ला प्रहरी प्रमुख डिएसपी रामप्रशाद घर्तिमगरले बताए ।

नारा लेकमा जमेको हिउँ पग्लेर स्थानीय आउजाउ गर्न थालेपछि मंसिर महिनामा काठमाडौं झरेका लामा घर तिल लिमी जान भनेर३ दिन अगाडि सिमकोटबाट हिडेको अहिले काम बिषेशले सदरमुकाम सिमकोटमा रहेका नाम्खा ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

चीनसँग सीमा जोडिएको हिल्सा नाका बर्षेनी पौष ९हिउँद०मा बन्द हुने र हिउँ पग्लेपछि जेष्ठमा खुल्ने गरेकाले नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाहरु हिउदमा काठमाडौं झर्ने रबैशाख, जेष्ठमा घर फर्कने क्रममा यही मार्ग प्रयोग गर्दा सहज हुने भएकाले आईतबार बिहान लेक चड्दै गर्दा लेक लागेर हिड्न नसक्ने भएपछि भारतीय धार्मीक पर्यटक पुर्याउन हिल्सा गएको माउण्टेन हेलिकप्टरले उद्धार गरी हिल्सा पुर्याय पनि दिउसो १२ बजे लामाको निधन भएको हुम्ला जिल्ला प्रहरी प्रमुख डिएसपी घर्तिमगरले बताए ।