उच्च शिक्षाका लागि एबिसिको फेयर

भरतपुर जेठ ५ ।  उच्च शिक्षा अध्ययनको क्षेत्रमा काम गर्दै आइरहेको एबिसि एजुकेशन एण्ड माईग्रेसन सर्भिस शहिदचोकले एक दिने फेयर सम्पन्न गरको छ ।
प्रत्येक वर्ष जेठ ४ गतेका दिन फेयर गर्ने गरेको एबिसिले यस वर्ष शनिबार भरतपुरको होटल गार्डेन रिर्सोटमा एजुकेशन फेयर सम्पन्न गरेको हो ।
विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चलेको फेयरमा चितवन,नवलपरासी र मकवानपुरका  विद्यार्थीको उत्सहाजनक सहभागीता रहेको एबिसिका दिनेश श्रेष्ठ पासाले जानकारी दिए ।
वेष्टर्न यूनिर्भसिटि सिड्नी, नाभिट्स यूनिर्भसिटि, एक्सिलिया कलेज सिड्नी, एटिएमसी कलेज, साउथ्रेन क्रस यूनिर्भसिटि लगायतका यूनिर्भसिटिका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
फेयरमा विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका गर्नका लागि आवश्यक पर्ने टियूसन फि, विषय तथा यूनिर्भसिटिको छनोट, बैंकिङ प्रोसेसको बारेमा जानकारी लिएको श्रेष्ठले जानकारी दिए ।
फेयरमा विद्यार्थीहरुले यूनिर्भसिटि तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा आफ्ना समस्याका बारेमा छलफल गरेका थिए ।
फेयरमा विद्यार्थीहरु उत्साहजनक सहभागिताले थप हौसला प्रदान गरेको एबिसिले जनाएको छ ।
विद्यार्थीहरुलाई मध्यनजर राख्दै ६ महिनाको अन्तरालमा फेयर आयोजन गर्ने योजना गरको श्रेष्ठले बताए ।