गण्डकी विकास बैंकले गर्यो रक्‍तदान कार्यक्रम

चितवन, ०४ बैशाख । गण्डकी विकास बैंक हाकीमचोक शाखाको आयोजनामा आज खुल्ला रक्‍तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको आठौ बार्षिकोत्सवको अवसरमा आयोजित रक्‍तदान कार्यक्रममा ४० जना भन्दा बढीले रक्‍तदान गरेका थिए ।

पछील्लो समय चितवन लगायत आसपासका जिल्लाहरुमा रगत अभावकै कारण धेरैको ज्यान जाने गरेकाले बैकको बार्षिकोत्सवको समय पारी रक्‍तदान कार्यक्रम गरीएको गण्डकी विकास बैक हाकीमचोक शाखाका ब्रान्च म्यानेजर दिपक पाठकले जानकारी दिनुभयो ।

साथै बैकले आगामी दिनहरुमा अन्य सामाजिक कार्यमा पनि अग्रसर रहने उहाँले बताउनु भयो । रक्‍तदान कार्यक्रम गण्डकी विकास बैक हाकीमचोक शाखाको परीसरमा सम्पन्न भएको हो ।