घिसिङको हत्या नभइ आत्महत्या भएको छानबिन समितिको निष्कर्ष

प्रनिश थापा

चितवन , ४ जेठ । चोरीको अभियोगमा पदमपुर प्रहरीको सहयोगमा पक्राउ परेका समीर घिसिङको मृत्यु प्रहरीको यातनाबाट नभइ आत्महत्याबाट भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

गत, स्थानीय एक बिद्यालयबाट ल्यापटप र कम्युटर चोरीको आरोपमा वैशाख २४ गते बुधबार पक्राउ परेका कालिका नगरपालिका १, सूर्यपुर बस्ने २४ वर्षीया घिसिङलाइ ईलाका प्रहरी कार्यालय रत्ननगर बुझाइएको थियो ।

अनुसन्धानकै क्रममा रहेका घिसिङले बैशाख २६ गते शुक्रबार दिउँसो ३ बजे थुनुवा कक्षमा रहेको शौचालयमा आत्महत्याको प्रयास गरेको थियो । आत्महत्याको प्रयास गरेका उनको बैशाख २७ गते राती ११:३० बजे उपचारका क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको थियो ।

प्रहरी हिरासतमै आत्महत्या गरेको भन्ने खबर पाएपछि गाउँका उत्तेजित समूहले यातना दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै ईलाका प्रहरी कार्यालय रत्ननगर र पदपुर प्रहरी चौकी तोडफोड गरेका थिए ।

भने, पुर्व पश्चिम् राजमार्ग समेत अबरोध गरेका थिए । भिड उत्तेजित भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनुपरेको थियो । स्थिती असामान्य बन्दै गएपछि बैशाख २७ गते शनिबार सात दिनभित्र सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिदै सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्वमा १२ जनाको छानबिन टोली बनाइएको थियो ।

जस्मा, सहायक प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल, पीडितका आफन्त, सुरक्षा निकाय, वडा अध्यक्ष थिए । भने,  मृतकका परिवार लाई तत्कालै कालिका नगरपालिकाले दाहसंस्कार र किरिया खर्चका लागी ५० हजार रुपैयाँ दिने, ५ लाख रुपैयाँ सहयोग गर्न गृह मन्त्रालयमा अनुरोधका लागि सिफारिस गर्ने, उनकी श्रीमती र बालबालिकाको भविष्य सुरक्षित बनाउन स्थानीय तहमा जागिर र अन्य सेवासुविधाका लागि अनुरोध गर्ने समेत निर्णय समितिले गरेपछि स्थिती सामान्य बन्दै गएको थियो ।