टिकौली सामुदायिक वनद्धारा गोन्द्राङको ढाट हटाउन माग

चितवन ०४ जेठ । चितवनको मध्य भाग गोन्द्राङमा रहेको ढाट हटाउन माग गरिएको छ । टिकौली मध्यवर्ती सामुदायिक वनले सो ढाट कुनै पनि दृष्टिकोणले उपयुक्त नरहेको भन्दै तत्काल हटाउन माग गरेको हो ।

वनका अध्यक्ष इश्वरी प्रसाद लामिछानेले शनिवार एक विज्ञप्ती जारी गरी गोन्द्राङ रहेको ढाटका कारणका दुलर्भ वन्यजन्तुलाई असर गरेको भन्दै तत्काल सो ढाट स्थानान्तरण गर्न माग गरेका हुन ।

वन्यजन्तु ओहोर दोहोर गर्ने टिकौली जंगलको करिडोरमा ढाट राखिएको छ अध्यक्ष लामिछानेले विज्ञप्तीमा भनेका छन संरक्षणको हिसावले पनि गोन्द्राङमा ढाट उपयुक्त छैन ।

ढाटमा सवारी साधन रोक्दा हुने कोलाहालका कारण वन्यजन्तुमा नकरात्मक प्रभाव परेको अध्यक्ष लामिछानेले बताए । एक तिर वन्यजन्तुलाई असर र अर्को तर्फ जिल्लाबासी सदरमुकाम पुगेर आउन कर तिर्नुपर्ने बाध्यता रहेकाले सो ढाट तत्काल स्थानान्तरण गर्न हामी माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।