“ऐन छ , सुविधा छैन”

राप्ती ,४ जेठ  । पूर्वी चितवनको राप्ती नगरपालिकाका मेलमिलापकर्ताहरुले आफुहरुलाइ कुनै सुविधा नभएको बताएका छन । उनीहरुले स्थानीय स्तरमा आउने बिवादलाई वडामा नै समधान गर्ने उद्देश्यले वडा स्तरिय मेलमिलाप केन्द्र स्थापना भएपनि मेलमिलापका लागि आवश्यक हल, चिया खाजाका लागी आवश्यक खर्च नभएकोमा दुःख पोखेका छन । राप्ती नगरपालिकाले वीरेन्द्रनरमा आयोजना गरेको मेलमिलाप कर्ताहरुका लागि दुइदिने पुर्नताजगी तालिममा मेलमिलाप समितिका संयोजकहरुले ऐन कार्यविधि भएपनि छलफलका लागी आवश्यक हल र खर्च नभएकाले आफुहरुले दुखले काम चलाइरहेको बताए । आवश्यक सुविधा नहुदाँ सबै वडामा दुख भएको न्यानिय समितिका संयोजक इमान सिंह मुक्तानले बताए । उनले आगामी बजेटमा सो समस्याको समाधार गर्न आफुले भुमिका खेल्ने मेलमिलापकर्ताहरुलाइ आश्वासन समेत दिएका छन । स्थानीय विवाद निरुपण गर्न प्रत्येक वडाका मेलमिलाप केन्द्रलाइ सुविधा दिइ शक्तिशालि बनाउनुपर्नमा न्यायिक समतिका सदस्य पूर्ण आचार्यले जोड दिए । वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्ने सकिए जनताले धेरेै दुख नपाउने नगर मेलमिलाप केन्द«का अध्यक्ष प्ुष्प ओलीले जानाकारी दिए । उनले आगामी बजेट बाट प्रत्यक वडाका मेलमिलाप केन्द«हरुलाइ केहि बजेटको व्यवस्था गर्न आग्रह गरे । कार्यक्रममा राप्ती नगर प्रमुख प्रभा बरालले आगामी बजेटमा हरेक मेलमिलाप समितिहरुलाइ केहि बजेटको व्यवस्थ ागर्न सल्लाह भइरहेको बताइन । कार्यक्रम दुइ दिन सम्म चल्नेछ ।