दासढुंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्मृतिसभा

चितवन, ०३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)चितवनले मदन आश्रित स्मृति दिवसको अवसर पारेर दासढुंगामा स्मृतिसभा गरेको छ ।
विस२०५० साल जेठ ३ गते तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको कार दुर्घटनामा परी रहस्यमयी दुर्घटना भएको स्मृतिमा आज २६औँ स्मृतिसभा गरिएको हो । स्मृतिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य काशिनाथ अधिकारीले मदन भण्डारीको लोकप्रीयता बढ्दै गएपछि देशी विदेशी प्रतिकृयावादी शक्तिहरुले उनको हत्या गरेको बताए । स्मृतिसभामा नेकपाका अधिकांश नेताहरुले मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवाद पूरा हुने तयारीमा रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)चितवनका अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कृष्ण खनाल, ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सदस्य घनश्याम दाहाललगायतले मन्तव्य राखेका थिए । स्मृतिसभामा सहभागी सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले मदनआश्रितको शालिकमा माल्यार्पण गरेका थिए ।