‘फेक फ्रेण्ड’ को शुभ मुर्हत चितवनमा

अभिषेक शर्मा
चितवन ३ जेठ । नेपाली कथानक चलचित्र ‘फेक फ्रेण्ड’ को शुभ मुर्हत सम्पन्न भएको छ ।  चितबन रत्ननगर दुम्री चोकमा बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्र शुभ मुर्हत गरिएको छ । भिज्वल्स फिल्म प्रालि र बुद्ध फिल्म ईन्ट्रनेशनल प्रालिको संयुत्तm ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई भिम लामाले निर्देशन गरेका छन् ।


फिल्ममा पछिल्लो समय चलचित्र क्षेत्रमा ठगिने ब्यत्तीको जीवनलाई उतारन खोजिएको मुख्य सहायक निर्देशक एलेक्स रानाले जानकारी दिए ।
आगामी असोज सम्ममा सम्पन्न गर्ने गरि चितवनको शक्तिखोर सौराहा, काठमाडौँ, लाहान, इटहरीलगायत नेपालको विभिन्न स्थानमा छायांकन हुने चलचित्र निर्माण गर्न लागिएको चलचित्रमा देब आर एन, सानिया खान, सुमन शर्मा कट्टेल, बबिता नेयोङहाङ्ग, दीनेश कोईराला सजिना लामा, राज भ्रजिन सिटौला, संकल्प लामिछाने,झनक बहादुर ढुङ्गेल, भीम ढुङ्गेल संचार कर्मी अभिषेक शर्मा लगायत अन्य स्थानिय कलाकार को समेत भूमीका रहने चलचित्र युनि ले जनायको छ।
करीब ८५ लाख रुपैया लागतमा बन्न लागेको चलचित्रको निर्माता मुस्कान काप्रि रहेका छन् ।