भरतपुर आउँन लागेका विमानस्थलबाट ८ हजार युरोसहित एक जना पक्राउ

चितवन जेठ २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आज आठ हजार यूरोसहित पक्राउ परेका छन् ।भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेक्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो ।घटनाको विषयमा आवश्यक अनुसन्धानका लागि उक्त रकमसहित उनलाई आजै राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ । रासस