पाँच नम्बर प्रदेशकाे बजेट अधिवेशन सुरू

रूपन्देही, ०२ जेठ । प्रदेश नम्बर ५ काे प्रदेशसभा बजेट अधिवेशन  सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि आजबाट बजेट अधिवेशन भएको हो ।

बिहीबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् । बिहीबार बोल्ने सांसदहरुले बजेटलाई जनमुखी बनाउन सुझाव दिएका छन् । प्रदेश पाँचको अर्को बैठक ९ गते बस्नेछ ।

प्रदेश सरकार असार १ गतेभित्र बजेट पेस गर्ने गरी बजेट निर्माणमा जुटेको छ ।