२ सय १० किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही ,२ जेठ । प्रहरीले सर्लाहीको लालबन्दीबाट दुई सय १० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीलले अलग अलग स्थानबाट गाँजा बरामद गरेको हो ।

लालबन्दी नगरपालिका ९ मा बेवारीसे अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको जीपबाट १ सय ५० किलो र लालबन्दी ६ का संगम लामाको घरमा लुकाएर राखेको ६० किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

गाँजासहित लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सरोजजंग घिमिरे र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १८ का १८ वर्षीय सिधु सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।