यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा कर्मचारी अभाव, प्रभावकारी सेवा दिन सकेन

चितवन, २ जेठ । यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले कर्मचारी अभावका कारण सेवालाई प्रभावकारी बनाउन नसकिएको जनाएको छ ।

लाइसेन्सको नविकरण गर्नका लागी विभागले अनुमती दिइसकेको अवस्थामा पनि सेवा दिन नसकिएको कार्यालयका निमित्त प्रमुख  गोविन्दप्रसाद पौडेलले वताए ।

लाइसेन्स नविकरण सहितको सेवा दिनका लागी कम्तिमा ३५ जना कर्मचारी आवश्यक पर्ने उनले वताए ।  हाल कार्यालयमा जम्मा ८ जना कर्मचारीहरु रहेका छन् ।

कर्मचारी समायोजन पछि कुनै पनि कर्मचारीहरु प्रदेश मातहतका कार्यालयमा आउन नचाहेको उनले वताए । यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरमा कार्यालय प्रमुखको पद समेत रिक्त रहेको उनले वताए ।

सरकारले हेटौंडा सेवा कार्यालयमा नयाँ गाडी दर्ता सेवालाई अनुमती दिएपनि भरतपुर कार्यालयलाई नदिएको उनले वताए ।सेवा प्रवाहकाका लागी कर्मचारी अभाव संगै भौतिक पुर्वाधार समेत पर्याप्त नरहेको उनले वताए ।

घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको कार्यालयले तीन महिना देखिको भाडा दिन नसकेको उनले वताए । यस आवमा यस कार्यालयलाई प्रदेश वा केन्द्र कतैबाट पनि बजेट नआएको उनले जानकारी