उद्योगमन्त्री यादवमाथि कार्यकक्षमै हातपातको प्रयास

काठमाडौं,१ जेठ। उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । उद्योग मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयलाई लिएर विवाद हुँदा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका गरेका हुन्।

उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ ।

उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेको मन्त्रीको निजी सचिवायलयले जनाएको छ । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।