सरकारले ल्याउन लागेको विधेयकको विरुद्धमा नेपाल पत्रकार महासंघ नवलपुरको विरोध प्रदर्शन

नवलपुर, १ जेठ । सरकारले हालै संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल पत्रकार महासंघ नवलपुरले विरोध गर्दै प्रर्दशन गरेको छ ।

पत्रकारहरुले हातमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेका हुन् । बिहान नेपाल पत्रकार महासंघ नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० शाखाको आयोजनामा कावासोतीको फलफूल चोकदेखि महासंघ कार्यालय सम्म बिरोध ¥याली प्रदर्शन पश्चात सरोकारवालाहरुबीच अन्तरकृया गरिएको छ ।

पत्रकार महासंघमा आयोजित कार्यक्रममा नेपाल बार एशोसियशन नवलपुरका अध्यक्ष गणेश सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै पत्रकारलाई रु दश लाख जरिवना गर्ने कानुन कतै नभएकोले यो तत्काल संशोधन हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष दिपक भटट्राई, प्रेस युनियनका केन्द्रीय सचिब केबी राना, प्रेस युनियनका अध्यक्ष बीरेन्द्र पराजुली, नवलपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्प पाण्डे, प्रेस चौतारीका उपाध्यक्ष शालिकराम कोइराला, एमनेष्टी ईन्टरनेशनल ४० का संयोजक घनश्याम बगाले, पत्रकार महासंघका उपाध्यक्ष श्रीराम सिग्देलले पत्रकार महासंघको आन्दोलन प्रति पुर्ण ऐक्यबद्धता जनाउँदै सरकारले दर्ता मिडिया काउन्सील बिधेयक फिर्ता लिन माग गर्नुभएको थियो ।

पत्रकार महासंघका शाखा अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुले संसदमा दर्ता बिधेयक तत्काल फिर्ता लिन माग गर्दै कावासोतीमा नाराबाजी समेत गरेका थिए ।