पत्रकारकी छोरी सोनिकाले मनाईन् जन्मदिन असहाय बालबालिकासगँ

चितवन बैशाख ३१ । भरतपुर महानगरपालिका २ क्षेत्रपुर निवासी सोनिका पौडेलले अभिभावकले खाजा खर्चको लागि दिएको रकम संञ्चिति गरेर आफ्नो जन्मदिन आश्रममा मनाएकी छन् ।


भरतपुर ११ बसेनीमा रहेको मञ्जुश्री असहाय संरक्षण केन्द्रमा पुगेर मंगलबार उनले आफ्नो जन्म दिन मनाएकी हुन् । बालबालिका संगै केक काटेर रमाइलो गर्दै उनले बालबालिकालाई नोट कपी, स्पाइरल प्याड र डटपेनसहित खाजा खर्च बापत तीन हजार रुपैंयाँ नगद केन्द्रलाई प्रदान गरेकी छन् । उनले नगद केन्द्रकी सञ्चालक मञ्जु खाँडलाई र स्टेशनरी बालक्लबका अध्यक्ष प्रेम विकलाई हस्तान्तरण गरेकी हुन् ।
कृषि विषयमा स्नातक गर्दै गरेकी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त जन्मोत्सव समारोहमा बोल्दै उनले आफुले खाजा खर्चबाट बचत गरेको रकम असाहाय बालबालिकाको लागि सानो भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।
कार्यक्रममा असाहय केन्द्रकी अध्यक्ष एवं सञ्चालक खाँडले केन्द्र स्थापनाको र वर्तमान अवस्थाको बारेमा बताएकी थिइन् । सोनिका पत्रकारद्वय चिन्तामणि पौडेल र शान्ता अधिकारीकी छोरी हुन् ।
मञ्जु खाँडले संस्थापक सञ्चालक रहेको मञ्जुश्री आश्रममा १६ जना बालबालिकासहित २० जना आरक्षणमा रहेका छन् ।