चितवनमा असारदेखि राष्ट्रिय परिचयपत्र हुदै, हालसम्म ६० हजारले पाए परिचयपत्र

चितवन वैशाख ३१ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी दिन वर्ष भित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने जनाएको छ । विभागले मंगलवार चितवनको सौराहामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा विभागका महानिर्देशक दिपक काफ्लेले सवैको हातमा राष्ट्रिय परिचयपत्र प्राप्त हुने वताए ।
चालु आर्थिक वर्षमा पाँचथरबाट परिचय पत्र वितरण सुरु भईसकेको छ ।  पाँचथरमा ६० हजार जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेको महानिर्देशक काफ्लेले जानकारी दिए । यो वर्ष चितवनसहित १५ जिल्लामा परिचय वितरणको काम सुरु भएको विभागका निर्देशक जनकराज भट्टले वताए ।
चितवनमा जेठ भित्र विवरण संकलनको काम सुरु हुने भट्टले जानकारी दिए । राज्य पुर्नसंरचनासंगै यो विभाग पनि नयाँ हो । विभागले परिचयपत्र वितरणदेखी सामाजिक सुरक्षा भत्ता वितरणको काम गर्नेछ ।
विभागका महानिर्देशक काफ्लेका अनुसार यस वर्ष ४२ अर्व रुपैया सामाजिक सुरक्षा भत्ता वितरणमा मात्रै खर्च हुने वताए । सरकारको निति तथा कार्यक्रमले भत्ता वढ्ने संकेत गरेकाले आगामी वर्ष ६० देखी ६५ अर्व सम्म सामाजिक सुरक्षामा खर्च हुने काफ्लेले जानकारी दिए ।
कार्यक्रममा विदेशीलाई पनि राष्ट्रिय परिचयपत्र प्रदान गर्ने तयारीको भने सहभागीहरुले विरोध जनाए ।

विदेशीलाई राष्ट्रिय परिचयपत्र दिने विषय वहसको रुपमा छ भने निर्णय भने भईसकेको छैन् । कार्यक्रममा उपभोक्ता अधिकार संरचना मंचका पुष्पराज शर्मा,भ्रष्टचार विरुद्धका अभियन्ता उद्योग कुमार पिया लगायतले विदेशीलाई यहाँको परिचयपत्र  दिन नहुने धारणा राखे ।

सो अवसरमा विभागका महानिर्देशक काफ्लेले विदेशीलाई परिचय पत्र दिने विषयमा छलफलको चरणमा रहेकाले राय सुझाव संकलनको काम भईरहेको वताए