आज देखि तिनदिनसम्म मौसममा बदली हुने, हावाहुरी र मेघगर्जनसहित वर्षाको संभावना

काठमाडौं,३१ वैशाख । मंगलबारदेखि देशभरको मौसममा बदली भई हावाहुरी र मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो देशका केहि स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने जनाइएको छ । विभागले जनाएअनुसार पहाडी भेगमा वर्षा हुने र हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

विभागले जनाएअनुसार आगामी तीन दिनसम्म देशभर हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ भने उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ । प्रिङमनुसुनको सिजन भएकाले हावाहुरी सहित चट्याङसमेत पर्नसक्ने विभागले जनाएको छ ।

पश्चिमी र स्थानीय दुवै वायु दिउँसोदेखि सक्रिय हुने भएकाले आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना नरहेको विभागले जनाएको छ । विभागले जनाएअनुसार मंगलबार साँझदेखि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।