सरकार शाही शैलिमा अघी बढेको कांग्रेस नेता पौडेलको आरोप

चितवन,३० वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकार शाही शैलिमा अघी बढेको बताएका छन । सोमबार भरतपुर स्थित होटेल स्टार व्याङ्क्वेट हाकिमचोकको सभाहलमा नेपाल शिक्षक सङ्घ चितवनको ३०औं स्थापना दिवसलाई सम्बोधन गर्दै पौडेलले सरकारले प्रेस स्वन्त्रतामाथि अङ्कुश लगाउन खोजेको कुराले राजाको शाही शाषनको झल्को दिएको बताएका हुन ।

अब बर्तमान सरकारको प्रतिबाद गाउ गाउ बाट शुरु गरिने उद्घोष गर्दै नेता पौडेलले सरकारका गलत रबैया कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्ने सरकारी प्रयास लोकतन्त्र माथिको ठाडो प्रहार भएकोमा जोड दिदै नेता पौडेलले सरकारको एकाधिकारबादी सोच कहिल्यै पुरा नहुने बताए ।

अर्को फरक प्रसंगमा नेता पौडेलाले सार्वजनिक शिक्षा सुधारमा शिक्षकहरूको भुमिका महत्वपूर्ण रहने बताए ।