मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

 

कपिलवस्तु,बैशाख २९ । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–६ रामापुरका ३२ वर्षीय शेषराम यादव र मायादेवी गाउँपालिका–७ रतनपुरका ४० वर्षीय सर्वजित यादव रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

तौलिहवा–जीतपुर सडकखण्डको कपिलवस्तु नगरपालिका–६, निगालिकोटमा आइतबार राति दुर्घटना भएको हो। जीतपुरबाट सदरमुकाम तौलिहवातर्फ आउँदै गरेको लु ९ प ४६६४ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए। मृतक दुवैको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।