प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा २६ वैशामा ओली भियतनाम गएका थिए।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत – नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका छन्।

 

ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रहेको बताएका छन्।

‘११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र त्यसको सान्दर्भिकताको विषयमा विश्व समुदायलाई जानकारी दिने अवसर प्राप्त भयो,’ ओलीले भने, ‘यसले नेपाल र भियतनामबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ।’

भियतनामसँगैका सम्झौता छिट्टै कार्यान्वयनमा आउँने ओलीले बताए। ‘यसका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको छ। यसले आजबाटै काम शुरु गरेको छ।’ रासस