भूमाफियाको चंगुलमा सरकार, यसरी बनाइदैँ छ गुठीको जग्गा नम्बरी

काठमाडौं,३० वैशाख । सरकाले यस्तो विधेयक ल्याएको छ, जसले गुठीका जग्गा नम्बरी बनाउँदै छ। गुठी संस्थान खारेज गरेर राष्ट्रिय गुठी प्राधिकरणको अवरधारणा ल्याएको सरकारले गुठी तैनाथी जग्गा व्यक्तिको नाममा दर्ता गराउने बाटो ऐनमार्फत नै खुला गर्न खोजेको छ। गुठीसम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयकको दफा ५३ र ५६ जस्ताको त्यस्तै पारित भएका गुठीको जग्गा सीधै व्यक्तिको नाममा ल्याउन सजिलो हुने समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले विधेयक संघीय संसदमा पेस गरेकी छन्। सरकारले अतिक्रमित सरकारी र सार्वजनिक जग्गा खोजेर फिर्ता गराउने हल्लामा रमाइरहेका छ। तर अर्कोतिर गुठीको जग्गा भने कानुन बनाएरै सिध्याउने ध्याउन्नमा लागेको देखिन्छ।