समुद्री छालको झल्को दिने गरि फेवातालमा आयो डरलाग्दो छाल, ५० बढी डुंगा डुबे

कास्की,२९ बैशाख । पोखराको फेवातालमा डरलाग्दो छाल आएको छ ।आइतबार आएको डरलाग्दो छालका कारण ५० भन्दा बढी डुंगा डुबेको बताइएको छ ।हावाहुरीका कारण समुद्री छालको झल्को दिने गरि आएको छालमा ५० भन्दा बढी डुंगा डुबेका छन् ।

बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले डुबेकाहरुको उद्धार गरे। हावाहुरीले फेवातालमा छाल आएपछी तालबाराही दर्शन गर्न पुगेका पर्यटक एक घण्टासम्म मन्दिरमै रोकिएका थिए ।हावाहुरी रोकिएपछी सशस्त्र प्रहरी र डुंगा चालकले डुंगा निकालेको बताइएको छ ।