मिडिया काउन्सिल विधेयकको विरोध गर्न चितवन प्रेस युनियन अगाडी

चितवन, २९ बैशाख । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक प्रति नेपाल प्रेस युनियन चितवनले बिरोध गरेको छ । पत्रकारहरुको अधिकार कुण्डीत गर्दै आम नागरिकको सुचनाको हक माथि वन्धेज लगाउने प्रयास गरेको, प्रेस काउन्सील रहँदा पनि मिाडया काउन्सीलको नाममा सरकारले स्वतन्त्र पत्रकारीता माथि हस्तक्षेप गरेको आरोप लगाएको छ ।
सरकारले मिडीया काउन्सी सम्बन्धि बिधेयक ल्याउन लागे पछि युुनियन चितवनको वैठकले समेत यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
शाखाका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा बसेको बैठकले सरकारले पत्रकारहरुलाई कानुनि कठघरामा उभ्याउने दुस्प्रयास गरेको आरोप समेत लगाउनु भयो । बैठकले सरकारले ल्याउन लागेको बिधेयक स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकार महासंघ र प्रेस युनियन केन्द्रिय समितिले गर्ने हरेक आन्दोलनमा उल्लेख्य सहभागिता जनाउने निणर्य गर्दै यसमा ऐक्यवद्धता जनाउन आम पत्रकारहरुलाई आव्हान समेत गरेको संघका सचिब प्रस्ताब सुवेदीले जानकारी दिनु भयो ।