बन समुहका अध्यक्ष र कोषाध्यक्ष घुससहित पक्राउ

बाँकेबैशाख २९ । बाँकेमा २ जना घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको टोलीले आज दिउँसो ४ बजे तिर बाँकेको राप्तिसोनारी गाउँपालिका कुसुमबाट ५ लाख नगद रकम सहित एक सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको जनाएको छ ।

आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार राप्तिसोनारी गाउँपालिका – १ स्थित लामीडाडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनालाई ५ लाख रकम सहित बाँकेको कुसुम बैरीयाबाट पक्राउ गरेको बताए । कुनै काठ व्यवसायीबाट काठको टेण्डर मिलाईदिने भनेर काठ व्यवसायीसङ्ग उनिहरुले सो रकम लिएको प्रमुख गैरेले बताए ।