बम राखेकाे सूचना दिने पत्रकार पक्राउ

झापा, बैशाख २९। बम राखेको सूचना सामाजिक सञ्जालमा राख्ने एक पत्रकार पक्राउ परेका छन् ।

कनकाई खोलाको पुलमा शंकास्पद बस्तु राखिएको सूचना सामाजिक सञ्जालमा राखेको भन्दै मोरङका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पुलमा शंकास्पद बस्तु फेला परेपछि बिहान केही समय पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको थियो ।

उर्लाबारी प्रहरी कार्यालयमा राखिएका पत्रकार श्रेष्ठसँग सोधपुछ भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।