शरीरका सबै अङ्ग दान गर्ने युवती कँडेलको घोषणा, आजै देखि चितवन मेडिकल कलेजमा अभियान सुरू

 

चितवन, बैशाख २९ । लामो समयदेखि सामाजिक काममा सक्रिय रहदै आएकी चितवनकि एक युवतीले आफ्नो शरीरका सबै अङ्ग दान गर्ने घोषणा गरेकि छन् ।
भरतपुर महानगरपालिका स्थित वडा नम्बर ११ मा बसोबास गर्ने युवती बिनिता कँडेलले आँफ्नो १९ औँ जन्मोतसबमा अङ्ग दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेकि हुन ।
भरतपुर स्थित चितवन मेडिकल कलेज मार्फत उनले आफ्नो मृत्यु पश्चात् मृगौला, मुटु, फोक्सो, कलेजो र सानो आन्द्रा दान दिन तयार रहेको भन्दै मञ्जुरी पत्रमा हस्ताक्षर गरेकि हुन ।


कँडेलले चितवन मेडिकल कलेजका सिईयो प्रताप देवकोटालाई आफुले हस्ताक्षर गरेको मञ्जुरी पत्र हस्तान्तरण गरेकी थिईन् ।
कार्यक्रममा चितवन मेडिकल कलेजका सिईओ देवकोटा, कानुनी सल्लाहाकार गजेन्द्र ओस्ती, अप्रेसन म्यानेजर पारस अधिकारी लगाएत मेडिकल कलेजका कर्मचारीको सहभागीता रहेको थियो ।
उनले अरुलाई पनि अङ्ग दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्न आग्रह गरिन । अन्य देशमा जन्मदा बित्तिकै अङ्ग दान गर्ने चलन रहेको भए पनि नेपालमा खुलेर अङ्ग दान गर्नेको शङ्ख्या न्यून रहेको भन्दै अङ्ग दान गर्न आग्रह गरिन् ।
उनले अहिले ५ वटा अङ्ग दिन तयार रहेको पत्रमा हस्ताक्षर गरेको भए पनि अन्य ३ वटा अङ्ग पनि दान गर्न तयार रहेको बताईन ।

यता चितवन मेडिकल कलेजका सिईओ प्रताप देबकोटाले चितवन मेडिकल मार्फत अङ्गदान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्ने पहिलो ब्यक्ति बिनिता भएको भन्दै अरूलाई पनि अङ्ग दान जस्तो सर्हानिय काममा सहभागी हुन आग्रह गरे ।

व्यक्तिको निधन भएपछि ८ वटा अङ्ग अरुलाई प्रत्यारोपण गर्न मिल्छ । सडक दुर्घटना वा अन्य कुनै कारणले आकस्मिक रुपमा मस्तिष्क मृत्यु भएमा मिर्गौला, फोक्सो, आँखा, प्याँक्रियाज, सानो आन्द्रा, छाला र मुटु लगायतका महत्वपूर्ण अङ्ग झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।

यस्ता अङ्ग मस्तिष्क मृत्यु भएका व्यक्तिबाट २४ घण्टाभित्र अर्कोमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा मानव अङ्ग दान गर्ने ऐन कार्यान्वयनमा आएपछि दान गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ ।