वनमा आगो निभाउने क्रममा एकजनाको मृत्यु, एक घाइते 

 

सल्यान, बैशाख २८  सल्यानमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ।  जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ सिमपानीमा लागेको आगो निभाउने क्रममा शोही ठाउँ निवासी ५५ वर्षीया पेन्टी बोहराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

वनमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उनको मृत्यु भएको प्रहरी बताएको छ।  आगोमा परी शोही ठाउँका ४४ वर्षीय खगेन्द्र बोहरा घाइते भएको र उनको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।

सिमपानी बस्ती जंगलको बीचमा भएको र उक्त बस्ती आगोको उच्च जोखिममा रहेको छत्रेश्वरी गाउँपालिका ६ का वडा अध्यक्ष चुडामणि दसौदीले जानकारी दिए। भीषण आगलागी भएकाले नियन्त्रण गर्न निकै समस्या भएको बताएको छ।  आगो नियन्त्रण गर्न नेपाली, सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय लागि परेका छन्।