मोटरसाइकल चालकको मृत्यु

कास्की, बैशाख २८। पोखराको चाउथेमा शुक्रबार राति मिक्चर (ट्रक)मा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। पोखरा–३१ को बेगनासताल बस्ने मोटरसाइकल चालक २५ वर्षीय अजय भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

ग१क २६६६ नं को मिक्चरसँग ग१प २५८६ नं को मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको थियो। दुर्घटनापछि गम्भीर अवस्थाका भट्टराइलार्ई पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।रासस