सोमबारसम्म हावाहुरी र चट्याङसहितको वर्षा

काठमाडौं,बैशाख २८ । देशका अधिकांश स्थानमा शनिबारदेखि ३ दिन मौसममा परिवर्तन देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म हावाहुरी र चट्याङसहित वर्षा हुनेछ ।

मौसमविद विभूति पोखरेलले भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुने र केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना रहेको बताउनुभयो।