नेपालमा गुड्ने रेलका डब्बा भारतले दिने

 

काठमाडौं,बैशाख २८ । भारतले नेपालमा सञ्चालन हुने रेलका डब्बा उपलब्ध गराउने भएको छ । नेपाल र भारतबीच शुक्रबार रेलका डब्बाहरु दिने कुरामा सहमति भएको हो।

भौतिक योजना तथा यातायात सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा नेपालको रेल्वे विभाग र भारतको कोन्कन रेल्वे कर्पोरेसनबीच सहमतिमा हस्ताक्षर भएको हो।

नेपालले तत्काल जनकपुर-जयनगर रेलवे सञ्चालनको तयारी गरेको छ । बन्द भएर पुन:सञ्चालन हुन लागेको जनकपुर-जयनगर रेलवेको परीक्षण पनि भइसकेको छ।