हराएको मानिस खोजि गरी दिन परिवारको आग्रह 

चितवन २६ बैशाख ।  अस्पतालबाट उपचार गरी घर फकर्ने क्रममा भरतपुरको चौबिसकोठीबाट बुबा टंकबहादुर क्षेत्री हराउनु भएको भन्दै खोजि गरी दिन छोरा हर्क बहादुर क्षेत्रीले सबैमा अपिल गरेका छन् ।
बैशाख २३ गते दिउसो ४.३० बजे अस्पताल रोडबाट वर्ष ६३ का टंकबहादुर क्षेत्री हराईरहेको हुदा देख्नुहुने मानिसहरुले प्रहरी कार्यालयमा खवर गरी सहयोग गरी दिनुहुन परिवारको आग्रह छ ।
स्यागंजा जिल्ला मग्याम चिसापानी स्थायी वसोवास भई उपचरको लागि भरतपुर महानगरपालिका १५ फुलबारी बस्दै आउनु भएको र सामान्य मानसिक समस्या रहेकाले उपचार गरी घर फकर्ने क्रममा अस्पताल रोडबाट हराउनु भएको छोरा हर्कबहादुरले बताएकाछन् ।
आफुले बुबा हराएको खवर जिल्ला प्रहरी कार्यालयमा पनि गराएको र प्रहरीले पनि आवस्यक सहयोग गरीदिनुहुन सबै निकायलाई पत्राचार गरीरहेको बताउदै उहाले आफनो बुबाको मानसिक अवस्था त्यती ठिक नभएकाले खोजि गरीदिन आग्रह गरेकाछन् ।
कालो वर्णको र मिक्स रंगको टिस्र्ट, कालो रंगको ट्याक, खैरो कालो रंगको जुता लगाएको अवस्थामा हराएको हुनाले यस्तो हुलिया भएको मानिस देखे जिल्ला प्रहरी कार्यालयको ९८५५०९०४२२ वा १०४ र परिवारकोे सम्पर्क नम्वर ९८६६३०००४७ वा ९८१८१०५९७६मा खवर गरिदिन परिवारले सवैलाई अपिल गरेकाछन् ।