घरघरमा पुगेर जेष्ठ नागरीक सम्मान

 

चितवन, २७ बैशाख । भरतपुर महानगरपालिका वडा नम्बर ८ ले जेष्ठ नागरीकहरुलाई घरघर पुगेर सम्मान गरेको छ । जेष्ठ नागरीक सम्मान कार्यक्रम अन्तर्गत वडामा बसोबास गर्ने ८० वर्ष नाघेका जेष्ठनागरीक सम्मान गरेको हो ।

वडा कार्यालयबाट सुरु गरिएको कार्यक्रममा उपस्थित हुन नसक्ने जेष्ठ नागरिकहरुलाई घरघर गएर सम्मान गरिएको वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनु भयो । वडामा रहेका २ सय ७ जना जेष्ठ नागरिकहरु मध्ये ५४ जनालाई घरमानै गएर सम्मान गरिएको हो ।

अन्यलाई सामुहिक रुपमा सम्मान गरिएको थियो । जेष्ठ नागरिकहरुलाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीले सम्मान गर्नु भएको हो । जेष्ठ नागरीकहरुलाई १ हजार रुपैंया सहित सम्मान गरिएको हो ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि सुवेदीजे जेष्ठ नागरिक समाजको ईतिहाँस भएको भन्दै उनिहरुको सम्मान अहिलेको आबश्यकता रहेको बताउनु भयो । सोहि अवसरमा बोल्दै वडा अध्यक्ष न्यौपानेले समाजको परिवर्तनमा जेष्ठ नागरिकले खेलेको भूमिकाको कदर गर्नु आजको आबश्यकता रहेको बताउनु भयो ।