कक्षा १२ को परिक्षा दिएर बसेकाहरुका लागि फोब्र्स कलेजद्वारा नि:शुल्क समय सदुपयोग गर्ने अवसर

चितवन, २७ वैशाख । कक्षा १२ को परिक्षादिएर बसेकाहरुका लागि लक्षित गरि भरतपुर २, क्षेत्रपुरमाअवस्थित फोब्र्स कलेजले विभिन्नविषयमा जेठ १५ गतेबाट निशुल्कतालिम सँचालन गरेर विद्यार्थीहरुलाई समयको सदुपयोग गर्ने अवसर प्रदानगर्ने भएको छ ।
परिक्षा पश्चात खाली समयमा के गर्ने भन्ने चिन्ता विद्यार्थी तथा अभिभावकमा रहने कारणले फोब्र्स कलेजले होटल म्यानेजमेन्ट विषयमा १५ दिने निशुल्क तालिम संचालन गर्ने छ , जसमा कुकिङ, बार टेण्डिङ, हाउस किपिङ तथा फ्रन्ट अफिस सम्बन्धी तालिम प्रदान हुनेछ । साथै IT मा इच्छा भएका विधार्थीहरुलाई कम्प्युटर नेटवर्क सम्वन्धी एक महिने निशुल्क तालिम पनि संचालन गर्ने कलेजका प्राचार्य दीपक गौतमले जानकारी दिनुभयो ।
कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित यस कार्यक्रममाSEE दिएर बसेकाहरुले पनि जेठ १५ गतेबाट संचालन हुुने निशुल्क तालिममा सहभागी हुन पाउने कलेजका सह–प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो ।