समिर घिसिङको मृत्यु भएको छैन : प्रहरी, आफन्तको दाबी प्रहरीले झुट बोल्यो

रत्ननगर,२७ बैशाख। इलाका प्रहरी कार्यलय टाँडिमा झुन्डिएको अवस्थामा फेला परेका २४ बर्षीय समिर घिसिङको उपचार जारी रहेको प्रहरीले जनाएको छ । घिसिङको पुरानो मेडिकल कलेज भरतपुरमा सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय टाँडिका प्रमुख डिएसपी दयानिधि ज्ञावालीले बताउनुभयो । उहाँले बाहिर हल्ला चलेजस्तो घिसिङको मृत्यु भइसकेको नभई गम्भीर अवस्थामा उपचार भइरहेको दाबी गर्नुभयो । अस्पताल स्रोतले पनि घिसिङको मृत्यु भएको पुष्टि गरेको छैन । ब्रेनमा क्षति पुगेको र सघन उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले जनाएको छ । चोरि मुद्धामा बुधबार पक्राऊ परेका कालिका नगरपालिका(१ का घिसिङ बिहिबार प्रहरी चौकिको शौचालयको झ्यालमा सर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको थियो । उनलाई प्रहरीले तत्काल उपचारका लागि अस्पताल पुर्याएको थियो ।
घिसिङका आफन्तले भने प्रहरीले झुटो जानकारि दिएको बताइरहेका छन । कालिका नगरपालिका वडा नं. १ का अध्यक्ष लिला गुरुङले घिसिङ जिवित नरहेको दाबी गर्नुभयो । घटनालगतै उपचारमा संलग्न चिकित्सकसँग आफुले भेटेको बताउदै उहाँले प्रहरीकै आग्रहमा अस्पतालले मृत्यु भएको पुष्टि गर्न ढिलाई गरिरहेको बताउनुभयो । स्थानिय आशिक तामाङले स्थिति तनावग्रस्त हुने देखिएकाले प्रहरीले साँचो कुरा लुकाइरहेको दाबी गर्नुभयो
बिहिबार साँझदेखि नै इलाका प्रहरी कार्यलय टाँडि परिसरमा तनाव सिर्जना भएको थियो । घिसिङका आफन्तले प्रहरी चौकिलाई लक्षित गरि तोडफोड र ढुङगा मुढा प्रहार गरे पछि दोहोरो झडप भएको थियो । आक्रोशित भीडले बकुलहरमा केहि बेर राजमार्गसमेत अवरुद्ध पारे । उनीहरुलाई तितर बितर बनाउन प्रहरीले केहि राउन्ड हवाई फायर र केहि सेल अश्रुग्याँससमेत प्रहार गरेका थिए । प्रहरीले १५ जनाभन्दा बढिलाई पक्राउ गरेको जनाएको छ ।