‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठ (फोटो फिचर)

काठमाडौं, बैशाख २७।   हिडन ट्रेजर मिस नेपाल २०१९ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतियोगीलाई पछि पार्दै उनी मिस नेपाल वर्ल्ड २०१९ को ताज आफ्नो पक्षमा पार्न सफल भएकी हुन् ।  उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृङ्खला खतिवडाले विजयी ताज पहिरिदिएकी थिइन् । 

यस्तै मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल, मिरा कक्षपति र मिस नेपाल अर्थ रिया बस्नेत बन्न सफल भए । यस्तै अन्य टाटलतर्फ निशा पाठक, मिस नेपाल कन्फिडेन्ट, रिया बस्नेत मिस पपुलर च्वाइस, प्रदिप्ता अधिकारी मिस ट्यालेन्ट, अनुस्का श्रेष्ठ मिस फ्यासिनो, नितिका कर्माचार्य ब्यूटी विद पर्पोसको जित्न सफल भए ।  

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्। कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दैअनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई मिस नेपाल २०१८ की श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

 

कसले कुन विधामा उपाधि जिते

मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ
मिस नेपाल यूनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल अर्थ– रिया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मिरा कक्षपति
मिस नेपाल सुपर नेशनल- राेज लामा
मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी
पपुलर च्वाइस– रिया बस्नेत
मिस फ्यासिनो– अनुश्का श्रेष्ठा
मिस कन्फिडेन्स– निशा पाठक
व्यूटी विध प्रपोज– निकिता कर्माचार्य